सलोन र स्वस्तिमा फिचर जय भोले पहिलो गीत ‘उम्लिए पछि पोखिन्छ’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्र ‘जय भोले’ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको लोक लयमा आधारित गीत उम्लिए पछि पोखिन्छ….सार्बजनिक गरिएको हो । राजनराज शिवाकोटीको शब्द,संगीत तथा स्वर रहेको गीतमा राजन लाइ स्वरमा गायिका मेलिना राईले साथ दिएकि छिन । सार्बजनिक गीतमा सलोन र स्वस्तिमा लाइ मुख्य फिचर गरिएको छ भने खगेन्द्र र सौगात र बुद्धिले पनि कम्मर मर्काएका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने,सौगात मल्ल,स्वस्तिमा खड्का,सलोन बस्नेत,राजाराम पौडेल,बुद्धि तामांगको मुख्य भूमिका रहेको छ । निर्देशक शर्माको निर्देशन, अभिनय एवं निर्माण रहेको सोसल तथा कमेडी ड्रामा ‘जय भोले’ मा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा चलचित्रको निर्मातामा रहेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको द्वन्द निर्देशन रहेको चलचित्र ‘जय भोले आगामी दशैंमा सार्बजनिक प्रदर्शनमा आउने छ ।