रियल जोडी सलोन र करिश्माको ‘बाबु कान्छा’ रोमान्टिक गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ

यहि शुक्रबार अर्थात् असार २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठलाई फिचरिङ्ग गरिएको छ ।

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’ ‘मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ।

टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउमा छायांकन गरिएको गीतमा हिमालको रमणीय दृश्यहरु समाबेश गरिएको छ ।

चलचित्रमा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् । ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३