सलमानको शर्तमा कसरि तौल घटाईन् जरिन खानले


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

उनले प्रयास गरिन् तर पूर्ण सफल भइनन् । जसका कारण फिल्म ‘वीर’ रिलिजपछि हिरोइनको मोटोपनमाथि समिक्षकले कटाक्ष गरेका थिए ।

त्यसपछि भने जरिनले आफूलाई पूरै परिवर्तन गरिन् । ४३ किलो तौल घटाएर ५७ पुर्याइन्। । जंकफुडकी सौखिन उनले यहीँबाट बानी सुधार थालिन् । तौल घटाउने उनको तरिका भने ८० प्रतिशत खानामा नियन्त्रण र २० प्रतिशत एक्सरसाइज हो ।

अहिले त उनले खानपानदेखि एक्सरसाइजसम्मको रुटीन नै बनाएकी छिन् । उनी बिहानै खाली पेटमा १ लिटर पानी पिउँछिन् । बिहानको खाजामा ब्राउन ब्रेड टोस्ट र फलफूल हुन्छ । दिउसो भेजेटेबल सुप पिउने गर्छिन् ।

दिउसाको खानामा भने भात र ग्रिल्ड चिकेन हुन्छ थोरै मात्रामा । बेलुकी खाना खान छाडेको धेरै भयो उनले । बेलुकी ब्वाइल्ड तरकारी खाने गरेको बताउँछिन् । सुरुमा उनले स्वीमिङ, जगिङ र जिममा धेरै समय बिताइन् ।