सलमान खानको अगाडि यसरी नाचे टिनएज नायक नरेश (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

डान्स इन्डिया डान्समा सहभागि भएको सफल प्रतियोगी नरेश बिर सिं कुशल डान्सर हुन् । डान्स संगै उनि एक कोरियोग्राफर पनि बनेका छन् । हाल नेपालकै पहिलो एचडि च्यानल एपिवानबाट प्रसारित भएको वुगिबुगी डान्सिङ रियालिटि शो मा समेत कोरियोग्राफि गरिरहेका नायक सिं ले डिआइडिको सिजन २ मा राम्रो छाप छोड्न सफल भएका थिए ।

पुर्खौली घर सुर्खेत भए पनि मुम्बइमा जन्मेका नरेश बिर सिंले मुम्बइबाट नेपालमै केहि गर्छु भनि स्वदेश फर्किए र निरन्तर म्यूजिक भिडियो तथा स्टेज शोमा व्यस्त रहन थाले । हाल सम्म उनले सय भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिरहेका छन् । आफ्नो क्षमता देखाउन नपाएको गुनासो गर्ने नायक सिं चलचित्र टिनएजबाट उनि नेपाली रजतपटमा डेब्यू गर्दैछन् । अभिनय क्षमता र डान्सिङ क्षमता टिनएज बाट बाहिर ल्याउन पाएको मा उनि खुसि छन् ।

टिनएजको प्रेम र त्यागलाइ चलचित्र टिनएजमा रोचक ढंगले समेटिएको निर्देशक पाख्रिनले बताएका छन् । चलचित्रमा नरेश बिर सि , प्रतिक्षा खड्का , एन्जिला खड्गी , सरोज शाह को मुख्य भुमिका रहेको छ ।