सलिनको ‘यात्रा’ प्रारम्भ सोलु पुगेर सकिने


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ’यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन सुरुभएको छ । केहि दिन अगाडी मात्र राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको चलचित्रको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ । मुहुर्तसँगै चलचित्रको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो । पहिलो दिन चलचित्रको टाइटल गीतको छायाँकन गर्दै टोलि सोलु निस्किएको छ ।

राजधानीबाटै सुरु गीतको छायाँकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ । यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गायनमा भने प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ दिएकी छिन । चलचित्र युनिट गीत छायाँकन गर्दै सोलु पुग्नेछ भने त्यहाँ झन्डै ३ साता चलचित्रको छायाँकन हुनेछ । चलचित्रमा सलिनमान बनिया , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।

चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रलाई संजय लामाले खिच्नेछन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।

केशव भट्टराई ( मलमास अगाडी नै फिल्मको मुहुर्त गरेर केहि दृश्यको छायाँकन गरेका थियौ भने आज देखि नियमित रुपमा छायाँकनमा निस्केका छौ । हामी फिल्मको टाइटल गीत खिच्दै सोलु पुग्नेछौ । झन्डै तिन साता त्यहाँको रमणीय दृश्यमा फिल्मको छायाँकन हुनेछ भने त्यसपछी विभिन्न ठाउमा खिच्दै काठमाण्डौ आउनेछौ । यसपटक फिल्मलाई युवापुस्ताको जिम्मा लगाएको छु , युवापुस्ताकै कथा छ । टिम पनि त्यस्तै तयार गरेको छु ।

सुशील पोखरेल ( मौसमले त्यति साथ् नदिएपछी आजबाट हामी फ्लोरमा निस्केका छौ । फिल्मको कथा वस्तु र स्टारकास्टकै कारण म यसमा जोडिएको हु । हामीले फिल्म निर्माणमा कुनै सम्झौता गर्नेछैनौ , एउटा राम्रो फिल्म दर्शकलाइ दिने हाम्रो प्रयास रहनेछ ।

सम्राट शाक्य ( फिल्मको सुरुवात टाइटल गीतको छायाँकन मार्फत गरेका छौ । काठमाण्डौबाट सुरु हुने यात्रा , सोलुसम्म पुग्दैछ । फिल्ममा युवा पुस्ताको प्रेम , मित्रतालाई नै देखाउदै छौ । मैले झन्डै दुई दशक यता फिल्मनगरीमा संगालेको अनुभव मार्फत एउटा राम्रो र रमाइलो फिल्म बनाउने कोशिस गर्दैछु ।

सलिनमान बनिया ( डेब्यु फिल्मपछी दोस्रो फिल्म हो , मेरो । पहिलो फिल्म मार्फत मैले प्राक्टिकल्ली पनि बुझ्ने मौका पाए त्यसैले छायाँकनमा सहज नै हुन्छ । आज देखि फिल्म सुरु हुदैछ र मेरो छायाँकन पनि । पहिलो फिल्म मार्फत नै मलाइ जुन माया दिनु भएको छ त्यसलाई बढाउने गरि म यसमा प्रस्तुत हुदैछु । मलाइ केहि फरक नै पाउनु हुनेछ फिल्ममा ।