सकस पहिलो गित बिस्तारै बिस्तारै सार्वजनीक


सेलिब्रेटी नेपाल काठमाडौँ

कार्तिक २४ गतेलाई प्रर्दशन मिति चलचित्र ‘सकस’ले आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिन थालेको छ चलचित्रको पहिलो गित बिस्तारै बिस्तारै सार्वजनीक गरेर निर्माण युनिटले प्रचार प्रसार बढाउन थालेको छ । सहदेब ढुङ्गानाको शब्द चेतन सापकोटाको संगीतमा करुणा हमाल र राई नविनको स्वर रहेको यस गितको भिडियोमा अभिनेता सुन्दर श्रेष्ठ र अभिनेत्री महिमा सिलवाल फिचरीङ्ग छन्, । यस गितको भिडियोको कोरीयोग्राफी बिनोद सापकोटाले गरेका छन् ।
राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाए निर्माण गरीएको यस चलचित्रलाई एन.वि मर्हजनले निर्देशन गरेका छन् । सुन्दर श्रेष्ठ,महिमा सिलवाल,सुष्मा कार्की,रविन्द्र खड्का,श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका छन् ।
दोभान फिलिम्स प्रा.लि को ब्यानरमा अक्कल शिंह प्रस्तुतकर्ता रहेको सकस का निर्माता सुन्दर श्रेष्ठ हुन्, त्यसै गरी सह निर्माताहरुमा सुवाश भट्टराई र खगेन्द्र डाँगी रहेका छन् । चलचित्रमा हिमाल केसीको द्धन्द,कृष्ण श्रेष्ठको छायांकन,चेतन सापकोटाको संगीत छ।