सचितको सेक्सी सेक्सी सुर्बिना सार्बजनिक (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ

सञ्चारकर्मी सचित खड्काले निर्देशन गरेको नयाँ भिडियो सार्वजनिक भएको छ । केहि दिन पहिले सार्वजनिक भएको एक म्युजिक भिडियोमा सचितले ‘झेली’ तथा ‘नाईके’ चलचित्रकी नायिका सुर्विना कार्कीलाई ‘सेक्सी सेक्सी भन्दै भिडियो ‘एक्शन कट’गरे । सचितले निर्देशन गरेको यो चौथो भिडियो हो ।

सचितले सुर्विनालाई मोडल पवनसँग ‘रुप तिम्रो सेक्सी जिउडाल तिम्रो सेक्सी अनि तिम्रो सबै अंग-अंग सेक्सी’ भन्दै नचाएका छन् । यो गीतमा शव्द तथा संगीत गायक रामहरी न्यौपानेको रहेको छ ।
Surbina-karki
‘खवर’ एल्वममा संग्रहित यो गीतमा एक सय ३६ पटक गायकले सुर्विनालाई ‘सेक्सी’, ‘सेक्सी’ भनेका छन् । जसलाई कुनै पनि नेपाली गीतमा अहिलेसम्म नै सबैभन्दा बढी पटक एउटै शब्द उच्चारण गरिएको दाबी निर्देशक र गायकले गरेका छन् । ‘सिल्भर साईन ईन्टरटेन्मेन्ट’मा रबिन्द्र खड्काले यो भिडियोको सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोसः