‘रुद्रप्रिया’को भव्य प्रिमियर सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

दिपावलीको अबसरमा कार्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’को भव्य प्रिमियर सम्पन्न भएको छ । कुमारी हलमा सोमवार साँझ आयोजना गरिएको प्रिमियरमा चलचित्रका मुख्य कलाकार रेखा थापा, आर्यन सिग्देल, राजन इशानसँगै निर्देशक सुदिप भुपाल सिंह र चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल लगायत उपस्थित थिए ।

दयाहाङ राई, केकी अधिकारी, रिमा विश्वकर्मा, नीता ढुंगाना, आमेष भण्डारी, शोभित बस्नेत, अनुभव रेग्मी, खुश्वु खड्का, शिल्पा पोखरेल, छविराज ओझा लगायतका चलचित्रकर्मीहरु ‘रुद्रप्रिया’ हेर्न कुमारी हल पुगेका थिए । प्रिमियरमा शोबाट यस चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।