चलचित्र ‘रुद्र’ को नयाँ गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रुद्र’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमिमा हँराए’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार निखिल उप्रेती, विश्व र सारा फिचरिङ छन् ।

दिनेश सुनामको संगीत समावेश गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर रहेको छ । लोकराज अधिकारी र सुशील पँगेनीको शब्दमा बनेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतमा सौरभ लामाको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । रामजी लामिछाने निर्देशित सिनेमामा निखिल उप्रेती, विश्व शर्मा र साराको मुख्य भूमिका छ । चलचित्र साउन १३ बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।