‘रोड सेफ्टी’ फिल्म फेस्टिभल सम्पन्न ! ‘दृष्टि’ पहिलो पुरस्कार हात पर्न सफल


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल अटो मोबाईल्स एसोसियसन (नासा) को आयोजना र नासा फाउन्डेसनको ब्यबस्थापनमा पहिलो पटक आयोजना गरिएको काठमाडौँ ‘रोड सेफ्टी’ फिल्म फेस्टिभल सम्पन्न भएको छ । फेस्टिभलमा नेपाल फिल्म एकेडेमी द्वारा निर्देशित ‘दृष्टि’ ले पहिलो पुरस्कार हात पर्न सफल भएको छ । नेपाल फिल्म एकेडेमीकै अर्को फिल्म ‘पछुतो’ दोश्रो बन्न सफल भएको छ भने ज्ञानेन्द्र कोइराला निर्देशित ‘सरि बेटा’ तेस्रो बनेको छ । क्रमश पहिलो हुनेले नगद पचास हजार दोश्रो हुनेले तिस हजार र तेश्रो हुनेले बिस हजार नगद पुरस्कार तथा शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।

फेस्टिभलमा जम्मा १७ वटा फिल्मले भाग लिएका थिए । कलाकार आर.पी.पन्त,संचार कर्मी दिनेश डि.सी.चलचित्र सम्पादक नबिन निरौला पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल निर्णायकमा रहेका थिए ।