सडक दुर्घटनामा कलाकार बिनाको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील कलाकार विना थापाको सडक दुर्घटनामा परी ज्यान गएको छ । दिउँसो काठमाण्डौ वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले ठक्कर दिँदा बा ५५ प १३८७ नम्वरको स्कुटरमा सवार २७ वर्षीया विनाको ज्यान गएको हो । गम्भीर घाईते भएकी उनको उपचारका क्रममा वीर अस्पतालमा पुर्याए लगत्तै मृत्यु भएको हो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । उनी अभिनीत नयाँ चलचित्र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिरतीको डोरी,शिव परियारको दिन वित्यो जस्ता दर्जनौ म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी विना स्टेज प्रोग्रामका लागि दुवई लगायतका विभिन्न देशमा समेत पुगेकी थिइन् ।