ऋषिको ड्रिम गर्ल आश्मा


सेलिब्रेटी नेपाल काठमाडौँ

आर.बि मुभीज र रील एण्ड रिएल सिनेमा साउथ इन्डियाको संयुक्त ब्यानरमा चलचित्र ‘ड्रिम गर्ल’ बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको शुभ मुहर्त सम्पन भएको छ निर्देशक ऋषिराज आचार्यले निर्माण निर्देशन गर्नेछन । यहि सुक्रबार मङ्सिर २४ गते बाट चलचित्र फ्लोर मा जाने छ । अर्जुन शर्माको लगानी रहने चलचित्रमा रामेश्वर धिताल सहनिर्माताको रुपमा रहने छन भने, रील एण्ड रिएल सिनेमा साउथ इन्डियाको तर्फबाट अन्टो रोचा रोबनको पनि लगानी रहने निर्देशक ऋषि आचार्यले बताएका छन् । चलचित्र .ड्रिम गर्ल’मा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, विल्सनबिक्रम राई, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको शुभमुर्हत समारोहमा संविधानविद भिर्माजुन आचार्य, बरिष्ठ निर्देशक शम्भु प्रधान, नुतुन प्रधान, अशोक शर्मा, समाजसेवी इन्द्रा राना मगर लगायतका सिनेकर्मिले ‘ड्रिम गर्ल’लाई सफलताको शुभकामना दिएका छन् । नेपालको रारा ताल, मुस्ताङ र कतार लगायतका बिभिन्न देशमा खिचिने सिनेमामा अर्जुन पोख्रेलको संगीत,सम्राट बस्नेतको दन्द्ध र गम्भीर बिष्टको नृत्य निर्देशन रहनेछ ।