ऋचा र पुरनको ‘फेरि–फेरि’८५ प्रतिशत सुटिङ सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ

पुरन थापाको लेखन, निर्माण र निर्देशनको कमेडी चलचित्र फेरि–फेरिको झण्डै ८५ प्रतिशत छायांकन सकिएको छ । माघ तेश्रो सातादेखि सुटिङ थालीएको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्धन्द्ध दृश्यको छायांकन गरियो । चलचित्रको क्लाइमेक्स फाइट झण्डै दश दिन लगाएर खिचीएको निर्देशक पुरनले जनाए । ‘चलचित्र निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय फिल्म बनाउन कुनै कसर बांकी राखेको छैन ।’ उनले हालसम्म चलचित्रको पचासी प्रतिशत छायांकन सकिएको जनाउदै बांकी केही दृश्य,दुई गीत र एउटा फाइटको सुटिङ सिध्याउन अझै दुई साता लाग्ने बताए ।

‘फेरि फेरि’को काठमाडौ उपत्यकाका भित्रका दृश्य खिचीसकेपछि दामन, चितवन हुदै कर्णाली पुलसम्म पुग्ने सेड्युल रहेको छ । नेपालमा पहिलोपटक अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिएको फेरि फेरिको द्धन्द्ध एनबि महर्जनले निर्देशन गरेका सुरेश बज्राचार्यले खिचिरहेको चलचित्रको निर्मातामा पुरनका छोरा निरज थापा रहेका छन् । चलचित्रलाई दशैसम्म दर्शकमाझ ल्याउने योजना पुरनको छ ।