रेश्मा र अभिनाश संगै लण्डन मा


सेलेब्रिटी नेपाल कार्तिक १२-गायक अभिनाश घिसिंग र गायिका रेश्मा सुनुवार ले यसपालिको दशैं लण्डन मा मनाय बेलायतको चिसो मौसम मा यी दुइले बेलायत मा रहेका नेपाली हरुलाई खुबै नचाय। किरात सुनुवार वेलफेयर सोसाइटी यु के को आयोजना मा उनि हरुको पहिलो कन्सर्ट फार्नवोर स्थित ओकफार्म कम्युनिटी स्कूल हलमा कोइन्च कन्सर्ट थियो। त्यसपछि उनीहरु बेलायत का विभिन्न सहर हरुमा कन्सर्ट गर्न ब्यस्त रहे गायिका रेश्मा को यो पहिले बेलायत भ्रमण हो भने अभिनाश पहिले पनि बेलायत पुगिसकेका हुन्।
रेश्मा ले प्रत्येक शो मा मै ठुली भै छु रे ….,झिम्काइ देउ परेली….,क्या मिठो गीत गायौ लाहुरे… लगायत नया पुराना गीत गायर दर्शक को मन जिती रहेकी छन् यो जोडी युरोप मा पनि कन्सर्ट सकायर डिसेम्भर तिर मात्र स्वदेश फर्कने कुरा बतायका छन्।