‘रेनी’ फस्टलुक सहित प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । त्रिकोणात्मक प्रेम कथानक चलचित्रको प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनीक गरिएको छ ।
बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नव नायिका सनम मल्ल मुख्य भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन् ।

काठमाडौ उपत्यका तथा कुलेखानीमा खिचिएको चलचित्र एक्शन,लभ,कमेडीका साथै सामाजीक सन्देशमुलक भएको निर्मात्री बिमला बताउँछिन् । जयराम थापाले खिचेको चलचित्रका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत रहेको छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको चलचित्रलाई गोबिन्द शाहीले बितरण गर्दैछन् ।