रेखा थापाले गायक पर्शुरामको उत्तर नदिएपछि ….(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय नायिका रेखा थापाप्रति समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले…’ राखिएको छ । कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देशनको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

केही समयअघि नै रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियो यसै साता छायांकन गरिएको हो । अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ ।