रेखाको अभिनय तथा निर्देशन रहेको ‘मालिका’को पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

रेखा थापाको अभिनय तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो। सार्बजनिक हल्का माया के माया, गाढा लगाउने’ बोलको गीतमा अन्जुपन्तको स्वर छ रहेको भने चलचित्रका निर्माता तथा स्कृप्ट राइटर नर बहादुर कार्कीकै शब्द रहेको छ । गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् ।

गीत सार्बजनिक कार्यक्रममा बोल्दै रेखाले आफुले निकै मेहनत गरेर बनाएको चलचित्र मध्येको एकमा ‘मालिका’ पर्ने बताइन् । साथै उनले सधैं नारी सशक्तिकरणको बिषयलाई चलचित्रमा उठान गर्ने गरेको र अहिलेपनि यो चलचित्रमा नारीकै बिषयलाई उठाइएको बताइन् । ‘मैले बिगतका चलचित्रहरुमा पनि नारीकै बिषयलाई उठाएकी थिएँ, नारीले पनि यो समाजमा केहि गर्नसक्छन् भन्ने भनाई मेरो तर्फबाट सधैं रहनेछ’, रेखाले भनिन् । यस्तै उनले आफुले कुनैपनि पदका लागी काम नगरेको बताइन् ।

कार्यक्रममा चलचित्रका निर्माता कार्कीले नायिका थापाको शाहषलाई लिएर केहिबेर बर्णन गरे । उनले रेखाभित्रको हिरोजम नियाल्ने मौका पाएको बताए । नायिका तथा निर्देशक थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व–पश्चिम रेलको परिकल्पना गरिएको छ । चलचित्र आउँदो लक्ष्मी पूजाको दिन प्रदर्शन हुनेछ ।