चलचित्र हात नलागेपछि पारिवारिक घुमघाममा ‘रियल जोडी’


सेलिब्रेटी नेपाल काठमाडौं

एक्सन अभिनेताको पहिचान बनाएका निखिल उप्रेती नायिका संचिता लुइँटेलसंग विवाह गरेपछि झण्डै पाँच वर्ष चलचित्र क्षेत्रबाट टाढिए । यता चलचित्रमा काम गरिरहेका बेला निखिलको दोस्रो श्रीमती बनेकी सुन्दर अभिनेत्री संचिता पनि लदगभग त्यतिनै वर्ष चलचित्र क्षेत्रबाट टाढा बसिन् । तीन वर्षअघि निखिल र संचिता दुबै चलचित्र क्षेत्रमा फर्किए । लामो समयको ग्यापमा ‘भैरब’मार्फत कमब्याक भएका निखिललाई दर्शकले रुचाए । संचिता पनि ‘नाईँ नभन्नू ल ३’ मार्फत चलचित्र क्षेत्रमा फर्किईन् । निखिल एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गए । लुटेरा, संरक्षण, निर्भय, किङ, रुद्र, राधे, पिंजडा व्याक अगेन आदी चलचित्रमा उनले काम गर्न भ्याए । लामो समयपछिको कमब्याकपछि पनि आफ्नो लोभ लाग्दो क्रेज देखाएका निखिल पिंजडा व्याक अगेनपछि भने चलचित्रमा देखिएका छैनन् ।

यता संचितापनि ‘नाइँ नभन्नू ल ३’ पछि ‘राधा’, ‘लिला’ हुँदै ‘गुनगुन’सम्म काम गरिन् । उनि अभिनित पछिल्लो चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । त्यो बाहेक उनका अन्य चलचित्र तत्कालका लागि छैनन् । यता निखिल आफ्नै चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’को काम रोकिएपछि खाली नै छन् । कमब्याकपछि राम्रै चर्चा पाएका निखिल र औसत चर्चा पाएकी संचिताको हातमा अहिले चलचित्र छैनन् । त्यसैको मौका छोपेको हुनसक्छ, यो रियल जोडी घुमघाममा व्यस्त देखिएको छ । एक छोरो र एक छोरीसहित घुमघामका तस्वीरहरु संचिताले लगातार पोष्ट गरेको देख्न सकिन्छ ।

घुमघाममा व्यस्त यो जोडी पुनस् चलचित्र क्षेत्रमा जम्ने शंभावना कति ? निखिलको सन्दर्भमा उनले जस्तो पनि भूमिका र ब्यानरको चलचित्रमा काम गरेर आफ्नो स्थान विगारेको पनि आरोप छ । अबभने उनलाई राम्रो व्यानर र भूमिकाको चलचित्र चाहिएको छ । यता संचिताको चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । त्यो चलचित्र उनका लागि विशेष छ । तैपनि उनलाई पनि अर्को राम्रो चलचित्रको पनि प्रतिक्षा छ । हुनत आमा बनेपछि चलचित्रमा सफलता पाउने अभिनेत्री कमै मात्र छन् । संचिताको हकमा पनि यही सावित हुने संकेत मिलेको त होइन ? प्रतिक्षा गरौं ।