रियल जोडी उमेश र कविताको रोमान्स ‘वोवी’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

रियल कथा रियल कलाकार चलचित्र ‘वोवी’ को रोमान्टिक गीत भिडियो सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको गीत सार्बजनिक गरिएको हो उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित चलचित्र ‘वोवी’ को ‘आँखाको नानी’ बोलको गीतमा रियल कपल उमेश र कविता फिचर छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर सुन्न सकिन्छ । नर्वेमा खिचिएको गीतका छायाँकार नवराज कृष्ण थापा हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा उमेश र कविताको जोडी सुहाएको छ । यस चलचित्रका निर्देशक मिलन चाम्स हुन् । उमेश र कविताका अलावा चलचित्रमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्र असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ।