नयाँ बर्षको अबसरमा आर.बि को ‘मुस्तांगे नानी’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

आर.बि शृजनको स्वरमा रहेको लोक आधुनिक गीत मुस्तांगे नानी भिडियो सार्बजनिक गरिएको छ । बि.बि अनुरागिको संगीत रहेको गीतमा शब्द गायक स्वयम् शृजनको रहेको छ । रबिन्द्र बरालले छायांकन तथा निर्देशन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका छन् । जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियोमा आरुषी र सुमनलाइ फिचर गराईएको छ । उरुषा पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाइ नयाँ बर्षको अवसर पारेर सार्बजनिक गरिएको हो ।