रंगीन दुनियाँमा रम्दै रायन


सेलिब्रेटी नेपाल काठमाडौँ
rayan
पछिल्लो समय नेपाली मोडलिङ्ग क्षेत्रमा नयाँ नयाँ युवायुवतीको प्रवेशको क्रम बढ्दो छ । यहि क्रममा रायन न्यौपाने नामक एक युवा पनि यसै क्षेत्रमा स्थापित हुने
क्रममा अगाडि बढी रहेका छन् । बारा निजगढ घर भएका रायन यस क्षेत्रमा सानै उमेर बाट लाग्न चहान्थे ।

जनस्वास्थ्य बिषयमा स्नातकोत्तर अध्ययन गरेर स्वास्थ्य एवं पोषणको कार्यक्रममा कार्यरत रायन आफ्नो अध्ययनको काम संगै मोडलिङ्गलाई समेत समानान्तर ढंगले अगाडी बढाउने सोचमा छन् । विभिन्न फेसन र सांगीतिक कार्यक्रममा सहभागी भैसकेका उनले भर्खरै मात्र चर्चित गायक कमलमान सिंहको ‘रम्ने झुम्ने बेला’ बोलको एक गीतको भिडियोमा अभिनय समेत गरेका छन् । भिडियो बाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले जानकारी दिएका छन् ।

उक्त भिडियोमा अभिनय गरेकै कारण अन्य अफरहरु समेत आइरहेको बताउदै उनि छानेर राम्रो प्रोजेक्टमा मात्रै काम गर्ने सोचमा छन् । अध्ययन संगै सकारात्मक सोच लिएर यो क्षेत्रमा आउने हो भने सफलता पाउने उनको तर्क छ । मोडलिङ्ग संगै चलचित्र अभिनयमा पनि आउने रायनको सोचाई रहेको छ । जसका लागि रायन यतिखेर अभिनय र नृत्य समेत सिकिरहेका छन् ।