राष्ट्रपतिको हातबाट नगद एकलाख सहित सम्मान तथा पुरस्कार वितरण



सेलिब्रेटी नेपाल काठमाडौँ

युगकवि श्रेष्ठको १०६औँ जन्मजयन्तीका अवसरमा सम्मान कार्यक्रम साहित्यिक श्रस्टालाइ सम्मान गर्ने कार्य सम्पन्न भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले युगकवि श्रेष्ठको १५ औँ कृति ‘युद्ध र शान्ति’ (खण्ड काव्य) तथा साहित्यकार मोहन सिटौँलाको ‘सिद्धिसुधा स्रष्टा प्रधान’ महाकाव्यको विमोचन गर्नुुका साथै प्रा डा वासुदेव त्रिपाठीलाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरेकी छिन । उक्त पुरस्कारको राशि नगद एक लाख रहेको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकारत्रय जयदेव भट्टराई (गोरखापत्र), पुष्पहरि क्याम्पाराई (नेपाल टेलिभिजन) र नरेशवीर शाक्य (स्वतन्त्र)लाई युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । पुरस्कारको राशि जनही रु २५ हजार छ । पुरस्कृत व्यक्तित्व प्रा डा वासुदेव त्रिपाठीले राष्ट्रियताको चेतना र जागरण फैलाउन कवि श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताए । स्वच्छन्दतावादी साहित्यकार युगकवि श्रेष्ठको ‘मेरो प्यारो ओखलढुङ्गा’ गीत समाजमा लोकप्रिय मानिन्छ ।

युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याएकाले प्रा डा वासुदेव त्रिपाठीलाई र पत्रकारिताका क्षेत्रमा प्रशंसनीय योगदान पुर्याएकाले पत्रकारत्रयलाई सम्मान गरिएको जानकारी दिए ।

विसं १९९१ ताका शारदा पत्रिकाका सम्पादक रहेका कवि श्रेष्ठले ‘क्रान्तिबाट परिवर्तन सम्भव’ कविता प्रकाशन गरेको आरोपमा तत्कालिन राणा सरकारले सर्वस्वहरणसहित १८ वर्षको कारावास तोकेको थियो । उहाँ जेलमा रहेका बखत उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान हुँदा पनि तत्कालीन राणासरकारले पिताको दाहासंस्कार गर्ने अवसरबाट समेत वञ्चित गरेको थियो ।