रंगकर्मी विक्रमको हत्या


सेलिब्रेटी नेपाल काठमाडौँ

रंगकर्मी विक्रम परियारको अज्ञात समुहले हत्या गरेको छ । तनहुँ स्थायी घर भएका परियार स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका थिए ।भोट खसालेर घर नजिकै घुम्न निस्किएका परियारलाई अज्ञात समुहले आक्रमण गरेको थियो । आक्रमणकारीको पहिचान भएको छैन । विभिन्न रेडियो, नाटकलगायतमा अभिनय गरेका परियारले चलचित्र ‘बधशाला, ताण्डव, फिटकिरी लगायतका’ चलचित्रमा अभिनय गरेका थिए ।

घटनास्थलबाट रगत लतपतिएको ढुंगा फेला परेको छ । सो घटनामा स्थानिय देवीनारायण श्रेष्ठ पनि घाइते भएका छन् । ब्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो । रंगकर्मी परियारको हत्या भएपछि र रंगकर्मीले शोक व्यक्त गरेका छन् । परियारका एक श्रीमती १४ बर्षका एक छोरा ९ बर्षकी एक छोरी छन् ।