राखी सावन्त लगायत बलिवुडका चर्चित कलाकारले काठमाडौँमा धुम मचाउने


सेलीब्रेटी नेपाल फागुन ९ गते-चैत्र १७ गते बलिवुड सांगीतिक टोलिले काठमाडौँमा आफ्नो प्रस्तुति राख्ने भयका छन्   दशरथ रंगशालामा आयोजना हुने बलिवुड म्युजिक एण्ड मस्ती नामक कार्यक्रममा बलिवुडकि चर्चित आइटम डान्सर राखी सावन्त, कमेडी सर्कस, लाफ्टर च्यालेन्ज जस्ता भारतीय टेलिभिजनका हास्य कार्यक्रम बाट ख्याती कमयाका कृष्ण,अभिषेक र सुदेश लेहरिको जोडीका साथै कार्यक्रममा छैटौ इन्डियन आइडियलको उत्कृष्ट पाँचमा पर्न सफल गायिका भुमी त्रिवेदी र गायन प्रतियोगिता सुरक्षेत्रका राजदिपले एकदर्जन गीत गाउनेछन् । ३१ जनाको टोलि कार्यक्रममा सहभागी जनाउन चैत्र १६ गते नेपाल  आउने छन् बलिउड कलाकारको साथमा नेपालका कलाकारहरुले पनि ‘बलिउड म्यूजिक एण्ड मस्ती’ मा आफ्नो विशेष प्रस्तुती राख्नेछन् । आयोजकले अहिलेसम्म हाँस्य कलाकार जितु नेपाललाई पक्का गरेको छ भने अरु कलाकार केहि दिन भित्रमा छनौट हुने आयोजकले जानकारी गरायको छ ।