अदालत समक्ष आत्मसमर्पण गर्दै राखी


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
‘बलिउड अभिनेत्री राखी सावंतलाई लुधियाना कोर्टले ५ अगस्टमा रामायणका लेखक महर्षि बाल्मीकिका बारेमा आपत्ति जनक टिप्पणी गरेको आरोपमा ‘बेल’ त दिएको छ तर अहिले पनि उनको तनाव कम भएका छैन ।

लुधियाना कोर्टले राखीलाई ‘बेल’ दिँदै ७ अगस्टसम्ममा आत्मसमर्पण गर्न भनेको छ । सेशन जस्टिस गुरुवीर सिंहले राखीलाई न्यायिक मजिस्ट्रेट विशव गुप्ताका अगाडि आत्मसमर्पण गर्न भनेको हो । राखीका विरुद्ध वारेन्ट जारी भएपछि पनि उनले स्पष्टीकरण दिँदै आफू निर्दोष भएको बताएकी थिइन् । उनलाई लुधियाना कोर्टले पक्राउपूर्जी जारी गरेको थियो । यस विषयमा राखीले माफ पनि मागिसकेकी थिइन् । न्यायिक मजिस्ट्रेटले लुधियानाका प्रहरी आयुक्तलाई उनी ७ जुलाईमा अदालतमा उपस्थित हुने सुनिश्चित गर्न भनेको थियो । तर उनी सुनुवाईका लागि पुगेकी थिइनन् । र, उनी विरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको थियो ।