अष्ट्रेलियाबाटै राजुको ‘अलि अलि गर्दै’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

लामो समयदेखी अष्ट्रेलियाको ब्रिसबेनमा रहेर पनि मोडलिंग र अभिनयमा सक्रीय राजु कानले हालसालै सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा रहेको ‘अलि अलि गर्दै’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन। टिका प्रसाईंको शब्द तथा संगीत रहेको गीत लाइ रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

मिठो शब्द चयन र संगितको संयोजनलाई राजुले आफ्नो हिसाबले फरक स्वादको भिडियो बनाउने प्रयास गरेका छन् राजु आफ्नै निर्देशनमा अभिनय गरेका छन् उनलाइ फिमेल मोडल एलिसा कटुवालले साथ दिएकि छिन। राजुले यस अघि पनि दर्जन भन्दा बढी भिडियोमा काम गरि सकेका छन् । कृष्ण सुबेदी, सुदिप बिस्ट र नेत्र गुरुङले छायांकन गरेको भिडियो लाइ प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।