राजको रंग बिनाको होली कस्तो छ त ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक राज के गोस्वामीको गीत रंग बिनाको होली सार्वजनिक गरिएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।

प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।