संचारकर्मीको अनुभव पश्चात निर्देशनमा रघु


(सेलिब्रेटी नेपाल) १७ बैशाख-संचारकर्मी तथा रंग पत्रकार रघुनाथ सापकोटाले निर्देशनमा आफ्नो पाइला अगाढी बढाएका छन्। करिब १० बर्ष देखि रेडियोमा कार्य गरेका र हाल सेलिब्रेटी नेपाल डट कम नामक अन लाइन पोर्टल संचालन गरि राखेका सापकोटाले गीतकार रबिन्द्र आशिष ‘शैली’ को शब्द तथा बिनोद पछाईको संगीतमा गायक दिपक लिम्बुको स्वरमा रहेको एल्बम मायाले बोलाऊछ मा समाबेश मेरो मनको आँगनमा बोलको गीतको भिडियो छायांकन पोखरामा सम्पन्न गरेका छन्।
Jasan-nayak-cbn
जितेन्द्र न्यौपानेको छायांकन रहेको भिडियोमा जसन नायक तथा शर्मिला दाहालको अभिनय रहेको छ। हाल सम्पादनमा रहेको भिडियो लाई ३०० भन्दा बढी भिडियो तथा २ दर्जन जति चलचित्र सम्पादन गरि सकेका सम्पादक प्रज्वलित पराजुलीले सम्पादन गरि रहेका छन्।
Pokhara-video
रोमान्टिक शैलीको गीत भएकोले फिल्मी नायक नायिका जस्तै गरि मोडल लाई प्रस्तुत गरिएको निर्देशक रघुनाथ सापकोटाले बताए। भिडियोमा पोखराका विभिन्न रमणीय स्थान हरुले कैद गरिएको छ।