कतारमा ‘सुपर स्टार नाइट्स’ निरुता देखि जितु सम्मको प्रस्तुति


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाको ८ र ९ तारिखमा कतारका २ शहरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

यसअगाडि यूएइमा २ पटक ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा हुन लागेको कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखिएको छ । कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा यो कार्यक्रम आयोजना हुन लागेको हो ।

देशका चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले पनि यो कार्यक्रम विशेष हुने पक्का छ । यो कार्यक्रममा हाँस्य कलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुती रहनेछ । यस्तै, नायिकाहरु निरुता सिंह, अनु शाहको नृत्य प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिने आयोजकले विश्वास लिएको छ ।

गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् । यस्तै, चर्चित गीतहरुका रचनाकार, संगीतकार तथा गायक राजनराज सिवाकोटीको पनि विशेष प्रस्तुती कार्यक्रममा रहनेछ । गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शंकर बीसीले आफ्नो प्रस्तुतीको माध्यमबाट स्टेज तताउनेछन् ।