पुर्पुरोमा हात राख्नुबाहेक विकल्प नै के ?


सेलिब्रेटी नेपाल काठमाडौँ

होस्टेल रिटन्र्स के रिलिज भएको थियो, नाजीर हुसैनलाई फिल्मको ओइरो लाग्न थाल्यो । रंगमञ्चबाट फिल्ममा फड्को मारेका यी अभिनेताको जीवन्त अभिनयले सबैलाई भुतुक्कै बनाएको थियो तर माग बढेसँगै नाजीरमा घमण्ड पनि बढ्यो । त्यही भएरै त होला, सुटिङको केही दिनअगाडि उनले ए मेरो हजुर २ बाट हात झिके । उनको ठाउँमा निर्माण पक्षले हतारहतार सलोन बस्नेतलाई राख्यो ।

नाजीरले त्यो फिल्म छोडेर तिमीसँग गरे । तर, ए मेरो हजुर २ को गीत र ट्रेलरले यूट्युबमा तहल्का पिट्यो भने त्यसका सामु तिमीसँगको टिजर र गीत फिक्का साबित भयो । त्यसमाथि तिमीसँगमा नाजीरलाई भन्दा नवअभिनेता आकाश श्रेष्ठलाई महफ्व दिएको थियो, फिल्म युनिटले । आफ्नो पूर्वनिर्णयप्रति उनलाई पश्चात्ताप लागेको हुनुपर्छ । तर, के गर्नु ढिलो भइसक्यो । अब पुर्पुरोमा हात राख्नुबाहेक विकल्प नै के छ र !

नेपाल साप्ताहिक बाट जस्ताको तेस्तै