पूर्णिमाको ‘हिरोज’ चैत्र २३ गते बाट सिनेमा घरमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हिरोज’ चैत्र २३ गते देखि प्रदर्शनमा आउने भएको छ चलचित्र लाइ अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेकी हुन् । एनबि महर्जनको निर्देशनमा बनेको चलचित्रले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा बोल्ने छ चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको चलचित्रमा कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ । चलचित्रको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् ।