पुजा र सुदर्शनको ‘रामकहानी’ कतारको मरभुमिमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रामकहानी’ छायाँकनको अन्तिम चरणमा पुगेको छ । नेपाल छायाँकनको एक गीत बाँकी राखेको ‘रामकहानी’ टिम अहिले कतारको ३६ डिग्री भन्दा बढी तापक्रम भएको मरुभूमिमा छायाँकन गरिरहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रको मुख्य अभिनेत्री पूजा शर्मा पनि कतार पुगेकी छन् । कतारमा ‘म यस्तो गीत गाउँछु’को विशेष शो को लागि पुगेका सुदर्शन र पूजाले यहि मौकामा ‘राम कहानी’ को छायांकन पनि गरेका हुन्।

निर्देशक थापाका अनुसार यो चलचित्रको सुरुवात नै कतारबाट हुन्छ । चलचित्रको छायांकनका लागि अनुमती लिन नै ८ लाख खर्च गर्नु परेको निर्देशक सुदर्शनले बताए । कतारको सम्पूर्ण व्यवस्थापन कलाकार विष्णु कार्कीले मिलाएका हुन् । उनकै, सहयोगमा कतार छायाँकन सम्भव भएको थापाले बताए । सौरभ लामाले कतारका दृश्यहरु छायांकन गरिरहेका छन् ।

‘रामकहानी’मा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गते रिलिज हुने चलचित्रको ‘तिम्रो लागि म छु…’ बोलको गीत पनि सार्वजनिक भईसकेको छ ।