पुजाको ‘रामकहानी’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रामकहानी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका प्रमुख कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, जीतु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राई लगाएतलाई प्रस्तुत गरिएको छ । भाद्र २२ गते बाट सार्बजनिक प्रदर्शनमा चलचित्रको ट्रेलरमा कमेडी र लभस्टोरी दृश्यहरुलाई प्रमुख रुपमा देखाईएको छ ।

पुजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेको चलचित्र लाइ शुदर्शन थापाले निर्देशन गरेका हुन् चलचित्रमा पुजा , आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रको कथा निर्देशक सुदर्शनले हुन् । सौरभ लामाको छायांकन रहेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् भने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा समाबेश एउटा गीत केहि समय अघि नै सार्बजनिक गरि सकिएको छ ।