‘कोहीले भन्छन् मायालु’ प्रियंकालाई (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय चलचित्रसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले गरेका छन् ।