प्रियंकाको छोटो चोली फाटेको जुत्ता अर्को गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘फाटेको जुत्ता’को नयाँ गीत सार्बजनिक गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चोली अलि छोटो बोलको गीत सार्वजनिक गरेको हो ।

कविराज गहतराजले कोरियोग्राफी गरेको आइटम गीतमा प्रियंका कार्कीले हट डान्स प्रस्तुत गरेकी छन् । प्रियंकालाई सौगातले कम्मर मर्काएर साथ दिएका छन् । यसअघि चलचित्रमा समावेश ‘सरि…’ बोलको गीत सार्वजनिक भइ सकेको छ । बुधबार गरिएको प्रेसमिटमा निर्माण टिमले ‘सरि…’ गीतको २० लाख भ्यु सेलेब्रेसन गर्दै पत्रकार माझ बिजया दशमीको शुभकामना आदानप्रदान गरेको छ ।

शंकर थापाले संगीत भरेको गीतमा मिना निरौला र संगीतकार स्वयम्को स्वर छ । डिपी खनालको शब्द शृजना रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । निकेश खड्का निर्देशित चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरसिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ ।अर्जुन कुमार प्रोडक्सनको व्यानरमा अर्जुन कुमारले निर्माण गरेको चलचित्र कार्तिक १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।