प्रियंका चोपडा बिबादमा ! नोटिस जारी


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड अभिनेत्री प्रियंका चोपडा बिबादमा तानिएकी छिन । उनलाई अँधेरी वेस्ट स्थिती ओशिवारामा आफ्नो अफिस परीसर भित्र दोस्रो कमर्शियल कम्पलेक्समा अवैध निर्माण गरेको आरोपमा नोटिस जारी गरेको छ। त्यहाँको बीएमसीले प्रियंका चोपडालाई नोटिस जारी गर्दै निर्माणकार्य रोक्न निर्देशन दिएको छ। यस मुद्दामा ५ जनाले उजुरी गरेपछि बीएमसीले पियंकालाई नोटिस जारी गरेको हो।

बीएमसीको आरोप छ, एक्ट्रेसको कमर्शियल कम्पलेक्मिा जो स्पा छ त्यसमा अवैध रुपमा कंस्ट्रक्शन गरिदै गएको छ। उजुरीपछि जाँच गर्दा उक्त कुरा पत्ता लागेपछि नोटिस जारी गरेका हौँ। बीएमसीले पिंयंकाको अफिसको वास्तु प्रिसिंक्ट बिल्डिङ पनि गैरकानुनी तरिकाले निर्माण गरेको उजुरी सही भएको बताएको छ। त्यसपछि पियंकालाई दुई वटा छुट्टा छुट्टै नोटिस जारी गरेको हो।