प्रियंकाको ठुम्का संगै ‘बादशाह जुट’इण्डक्ल्याप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप गरिएको छ । सोमबार ललितपुरको श्रीकाली मन्दिरको चौरमा ‘बादशाह जुट’मा समावेश लोक फ्लेवरको गीतको छायांकनसँगै चलचित्रको इण्डक्ल्याप गरिएको छ । लोक फ्लेवरको गीतमा नायिका प्रियंका कार्की र शुशिल श्रेष्ठले कम्मर मर्काएका छन् ।

छायांकन सकिए संगै चलचित्रको प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ । चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ । चलचित्रका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको र चलचित्र राम्रो बन्ने विश्वास व्यक्त गरे ।

‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, अमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ भने चलचित्रमा नायिका प्रियंका कार्कीको विषेश भुमिका रहेको छ । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज,विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।