प्रियंका संग सुशील र आमिरको काफल पाक्यो ‘बादशाह जुट’ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बादशाह जुट’ को पहिलो अफिसियल गीत सार्वजनिक गरिएको छ । ‘काफल पाक्यो…’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतमसँग कम्मर मर्काएकी छन् ।

लोक फ्लेवरको गीतमा राजनराज सिवाकोटी र मेलिना राइको स्वर छ । डिपी खनालको शब्द रहेको गीतमा कृष्ण भारध्वजको संगीत रहेको छ ।विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतको भिडियो उत्तम हुमागाइँले खिचेका हुन् ।

एक बलिउड चलचित्र समेत निर्देशन गरिसकेका जोनीका अनुसार ‘बादशाह जुट’ आफूले आफूलाई बादशाह सम्झने दुई युवाको कथा हो । चलचित्रलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । प्रियंकाको चलचित्रमा गीतसँगै विशेष भूमिका रहेको बताइएको छ । चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतको अभिनय रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र पौष १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।