प्रियंका र आयुष्मान भन्दैछन् गोजीमा दाम छैन, ‘चंगा चेट’ को गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

माधब वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । राजन राज शिवाकोटीको संगीत रहेको गीतमा संगीतकार राजन संगै मेलिना राइ र गृष्मा शिवाकोटी स्वर रहेको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सन्दिप क्षेत्रि,आयुष्मान देशराज जोशी,परमिता राणा, रबिन्द्र झा,सुरक्षा पन्तलाइ फिचर गरिएको छ ।

हरिहर तिमल्सिनाको शब्द रहेको गीतको भिडियोलाइ प्रविन सिंहले कोरियोग्राफी गरेका छन् । निरज कंडेलले डीओपी गरेको चलचित्रलाई नबराज उप्रेतीले छायांकन गरेका छन्। चलचित्रलाइ दिर्घ खड्काले सम्पादन गरेका हुन् । दिपेन्द्र के.खनालले निर्देशन गरेको चलचित्रमा आयुश्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप छेत्री, अर्पण थापा, शिशिर वान्ग्देल,माव्तसे गुरुङ, प्रियंका कार्की, परमिता राणा, सुरक्षा पन्त, सरिता गिरि, पुष्कर गुरुङको मुख्य भूमिका रहेको छ । प्रदिप भारद्वाजको लेखन रहेको चलचित्र कार्तिक १६ गते सार्बजनिक प्रदर्शनमा आउनेछ ।