प्रेमगीत २ पोखरा र बुटवलमा प्रिमियर सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रतिक्षित चलचित्र प्रेमगीत २ ले पोखरा र बुटवलमा प्रिमियर शो सम्पन्न गरेको छ । क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजित प्रथम प्रदर्शनीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं अभिनेता सन्तोष सेन सहभागि रहे । बाक्लो तन्नेरी उपस्थिती रहेको प्रिमियरमा प्रदीप र अश्लेषा फेसन स्टेटमेन्ट बने । हेर्ने जति दर्शकको भनाइमा प्रेमगीत २ एउटा सम्पूर्ण चलचित्र हो जसले हलभित्र पस्दाको समय पूर्ण मनोरञ्जन गराउँछ ।

निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए । उनले दुबै प्रिमियर प्रदर्शनमा दर्शकसँगै समय बिताए । प्रिमियरमा प्रदीप क्रेज पोखियो । खासगरि, किशोरीबीच उनी लोकप्रिय प्रस्तुत भए । शुक्रबार मुलुकका ८० भन्दा बढी पर्दाबाट सिनेमा रिलिज हुने वितरक गोविन्द शाहीले बताए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो । चलचित्र प्रेमगीत २ गीत संगीतका कारण पनि चर्चामा रहेको छ।