प्रशान्त रबिन र दियाको ‘कस्मिक लभ’ शुभ मुहर्त


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कस्मिक लभ’ को शुभ मुहर्त गरिएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त गरिएको हो । चलचित्रका मुख्य कलाकारले चलचित्रको मुहर्त शट दिए । चलचित्रमा प्रशान्त ताम्राकार, अर्पण थापा र दिया मास्के,रबिन तामांग,राजाराम पौडेल,पुरन थापा,रिजन थापाको मुख्य भूमिका रहेको छ । जय गौतमले निर्माण गर्ने उक्त चलचित्र ‘कस्मिक लभ’ मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने छ। शंकर अधिकारी र बि.एस.बलामीले निर्देशन गर्ने चलचित्रमा डी .एन. दाहाल कार्यकारी निर्माताको रुपमा रहेका छन्। बाबुल गिरिको संगीत रहने छ ।

यहि असारको ११ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन् भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको छ।