प्रमोद खरेल इजरायलमा धुम मचाऊदै


सेलीब्रेटी नेपाल माघ ९ गते- अन्तर्राष्ट्रिय कलाकार समाज इजरायल र एनजी न्युज डटनेटले आयोजना गरेको ‘न्यु इयर धमाका’ मा सहभागी हुन जनवरी १ मा इजरायल पुगेका गायक प्रमोद खरेलले जनवरी ११ मा आयोजित न्यु इयर धमाका कार्यक्रमलगात्तै थप दुईवटा कार्यक्रममा सहभागी भए ।गायक प्रमोद थप एक साता इजरायलमै रहनेछन् । श्रोताको व्यापक मागका कारण उनको इजरायल भ्रमण लम्बिएको हो ।इजरायल भ्रमणमा रहेका गायक प्रमोद खरेलले त्यहाँका नेपालीमाझ सांगीतिक धूम मच्चाइरहेका छन् ।   श्रोताको मागकै कारण  हाइफा र तेल अभिभमा पनि उनको कार्यक्रम राखियको छ  । प्रमोदका साथै गायक हिमाल सागर र हाँस्य कलाकार सुरज चापागाई ‘बान्द्रे’ पनि अहिले इजरायलमा छन् ।