प्रज्वल र सोनियाको यो कस्तो माया ?(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘कोइला’ को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बर्षको बैशाख २१ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्रको गीत यो माया मा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरीलाई फिचरिङ्ग गरिएको छ । गायक तथा संगीतकार ओम सुनुवारको संगीतमा तयार भएको उक्त गीतमा माण्डबी त्रिपाठी र संगीतकार ओम सुनुवारको आवाज रहेको छ ।

गीतमा शब्द दिनेश सुबेदीको रहेको छ । बिनोद सापकोटाको छायांकन र नृत्य निर्देशक शंकर बि,सी को नृत्य निर्देशनमा तयार भएको भिडियो उत्कृस्ट बनेको छ । निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा बनेको एक्सन लब स्टोरी चलचित्र ‘कोइला’ मा प्रज्वल गिरी, सोनिया गिरी, धुर्ब कोईराला,किरन थापा,बिशाल पहारी,कालु राना,राम चन्द्र अधिकारी लगाएत कलाकारहरुको प्रमुख अभिनय रहेको छ । आरोही फिल्मसको ब्यानरमा निर्मित चलचित्र “कोइला” लाई निर्माता बि,जे शर्मा,प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्माले निर्माण गरेका हुन् । चलचित्रमा प्रज्वलको कथा,सुदीप आत्रेयको लेखन्, रेखा पौडेल र रेवत राइको संगीत,श्री श्रेष्ठ को द्वन्द रहेको छ ।