प्रदिप खड्का स्टारर ‘रोज’ मोफसल टुर जाँदै


सेलिब्रेटी नेपाल काठमाडौँ

गएको शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको चलचित्र ‘ रोज’ भएपछि चलचित्र आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिन थालेको छ । प्रचार प्रसारको क्रममा चलचित्रले देश दौडाहा गर्ने भएको छ । प्रदीप खड्का स्टारर टुरमा संवाददाता सम्मेलन र सांगीतिक कन्सर्ट हुनेछन् । चलचित्रको ट्रेलर बिहिबार सार्बजनिक गरिने पनि निर्माण टिमले जानकारी गराएको छ ।

मोफसलको ठूलो चलचित्र बजार तालनगरी पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।

१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइयो । मोफसलमा कन्सर्ट टुर थालनी गर्ने अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।

टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित चलचित्र २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् ।