प्रदिप खड्का स्टारर ‘रोज’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदिप खड्का स्टारर चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर चलचित्रका मुख्य कलाकार प्रदीप खड्का , मिरुना मगर र परमिता आरएल राणाको वरिपरि घुमेको छ ।

निरक पौडल निर्देशित ‘रोज’सस्पेन्स थ्रिलर जनराको चलचित्र हो । गोपी कृष्ण मुभिज र आरोहि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् । चलचित्रमा आयरा पौडल र आरोहि केसीको लगानी रहेको छ ।

चलचित्रमा अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा रहेको छ । चलचित्रमा प्रदीप खड्का, मिरुना मगर, परमिता राणा कर्मा, बरुण राणा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्र भदौ २२ गते बाट सार्बजनिक प्रदर्शनीमा आउने छ ।