प्रदिप खड्का स्टारर प्रतिक्षित चलचित्र ‘लिलीबिलि’ प्रदर्शनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

२०७४ सालको प्रतिक्षित चलचित्र ‘लिलीबिलि’ आज बाट प्रदर्शनमा आएको छ प्रदिप खड्का स्टारर चलचित्र यस बर्षको अन्तिम रिलिज चलचित्र हो । मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रियंका र प्रदीपसँगै जसिता गुरुङ, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन रहेको छ ।

चलचित्र ‘लिलीबिलि’ संगै दयाहांग राइ अभिनित ‘नेप्टे’ पनि प्रदर्शनमा आएको छ वकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘नेप्टे’ मा रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, पूर्णिमा लामा,निर्मल लामा लगाएत कलाकारको प्रमुख अभिनय रहेको छ ।