प्रदीपले जसितालाई गाडीमा घुम्न जाने प्रस्ताब राखे पछि….‘लिलिबिली’ शीर्ष गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लिलिबिली’ को दोश्रो गीत सार्बजनिक गरिएको छ चैत्र ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत रिलिज गरिएको हो । ‘लिलिबिली लिलिबिली घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा प्रदीप आफ्नी रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ । एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । स्कटल्याण्डमा छायांकन गरिएको गीत लाइ सुदिप बरालले खिचेका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

मिलन चाम्स निर्देशित यो चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि मुख्य भूमिका रहेको छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा चलचित्रको छायांकन गरिएको हो । निर्माण टिमले चलचित्रको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।