प्रदिप स्टारर ‘लिलिबिली’ यस्तो देखियो पोस्टर


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रदिप खड्का स्टारर चलचित्र ‘लिलिबिली’ यस बर्षको प्रतिक्षित चलचित्र हो । चलचित्रका दुई गीत र ट्रेलर सार्वजनिक भईसकेको छ । चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । यसअघि सार्वजनिक भएका दुई गीतमा प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाइसकेका छन् । चलचित्र रिलिज आगाडी नै यो जोडी दर्शकको नजरमा पर्दा ‘लिलिबिली’ले बक्स अफिसमा पनि राम्रो कमाई गर्ने आशा गरिएको छ ।

चलचित्रमा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । चैत्र ३० गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै लागेको छ । सोफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएकोचलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्सको लगानी रहेको छ ।