प्रबिशाको स्याडो एक्ट रहेको ‘पखेटा’ यस्तो छ भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय गीतलाई जति सुन्ने गरिन्छन त्यो भन्दा बढी हेर्ने गरिन्छ । यसैले होला पछिल्लो समय गीतको भिडियोलाई बनाउदा विशेष ध्यान दिने गरिन्छ । यस्तै देखिएको छ , सार्वजनिक भिडियो ‘पखेटा’ मा पनि । प्रविशा अधिकारीको सार्वजनिक भिडियोमा बनिरहेको भन्दा केहि फरक छ ।

मनिष बशिष्टको शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत रहेको छ भने यसलाई प्रविशा अधिकारीले गाएकी छिन । निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायाँकन गरिएको हो । यस किसमको भिडियो नेपालमा भने विरलै बन्ने गर्छन ।

गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् । गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका हुन् । यसमा सुबोल थापा , राजु नेपाली , अनन्त राई , रिना खत्री , सरिना सुनुवार , अनिमा लामाको अभिनय रहेको छ । यसमा मेकअप सविना लामाको रहेको छ भने यसलाई वान सटमै उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।