पप गायक सुगम पोख्रेललाई पुनःस्थापना केन्द्र पठाइने



सेलीब्रेटी नेपाल माघ २७ गते-लागूऔषध दूर्व्यसनीको आरोपमा पक्राउ परेका गायक सुगम पोखरेललाई पुनःस्थापना केन्द्र पठाउने गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
पोखरेललाई लागूऔषध नियन्त्रण इकाई बानेश्वरले शुक्रबार सेतोपुल नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका ७ जनामध्ये विक्रि वितरण गर्ने एक जनासँग मात्र खैरो हिरोइन भेटिएको थियो ।